पहिरोले छोप्यो होमवर्क गर्न साथीको घर गएका बालकलाई !

जाजरकोट पहिरो : बाआमा जोगिए, छोराछोरी पुरिए

Pahiro jajarkot

 

‘आफू पढ्न नसके पनि छोरालाई धेरै पढाएर ठूलो मान्छे बनाउने सपना थियो तर दैवले चुडेर लग्यो’, प्रेमले भावविह्ल हुँदै भने, ‘छोराले पेन्सिल ल्याइदिनु बुबा भनेको थियो। अब कहिलै नफर्कने गरी गयो।’ छोराको शोकमा प्रेमकी श्रीमती पटक–पटक मुर्छा पर्दै होसमा फर्किएकी छिन्।

स्थानीय एक निजी विद्यालयको चार कक्षामा पढ्ने १३ वर्षीय नरेन्द्र परियार नजिकै रहेको साथीको घरमा होमवर्क गर्न भनेर गएका थिए। नरेन्द्रको मामाको छोरा ११ बर्षको नविन परियार पनि उनीसँगै साथीको डेरामा थिए।

उनीहरुसँगै १२ वर्षीय गोविन्द नेपाली र ८ वर्षीय दशरथ नेपालीसहित चारजना एउटै कोठामा बसेर होमवर्क गरिरहेका थिए। आइतबार बिहान ८ बजेतिर करिब एक सय मिटर माथिबाट आएको पहिरोले उनीहरु बसेको घर छोपेको हो।

नगलगाड ३ करुवाका गोविन्द र दशरथ दुवै आमाबाबु गुमाइसकेका बालक हुन्। उनीहरु दिदीसँग भेरी ३ ठाँटीमा डेरामा बस्दै थिए। गोविन्द अझै भेटिएका छैनन्।

त्यस्तै नेपाल पत्रकार महासंघ जाजरकोट शाखाका सदस्य तथा क्रान्तिकारी पत्रकार संगठनका जिल्ला अध्यक्ष तीर्थराज बोहरा र उनकी श्रीमती खान पकाउँदै थिए। छोरी नग्मा बाहिर खेल्दै थिइन्।

‘एक्कासी ठूलो आवाज आएपछि हामी बाहिर निस्कियौं। तर छोरी खेलिरहेको ठाँउबाटै पहिरो गएछ’, तीर्थराजले भने, ‘क्षणभरमै पहिरोले छोरीलाई माटोमा मिलायो। गुहार–गुहार गर्यौ। तर हाम्रो आवाजले छोरीलाई बचाउन सकेन।’

पहिरोमा पुरिएकामध्ये जीवितै उद्धार गरिएका भेरी नगरपालिका ६ गंगटियाका खड्गबहादुर लुहार पछिसम्म कराउँदै थिए। ‘केही समयमा स्थानीय आए, घटना भएको १५ मिनेटपछि प्रहरी सेना र सशस्त्र आइपुग्यो। उनको जीवितै उद्धार भयो’, उनले भने। (अन्नपुर्णपोष्ट)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...