कामु प्रधानन्याधीशको जिम्मेवारी मिश्रले सम्हाले

Kamu gyadhisa misra

काठमाडौं । सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले सम्हालेका छन् ।

कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी आइतबारबाट विदामा बसेपछि दोस्रो वरियतामा रहेका वरिष्ठ न्यायाधीश मिश्रले कायममुकायमको जिम्मेवारी सम्हालेका हुन् ।

प्रधानन्यायाधीशमा प्रस्तावित कायममुकाय प्रधानन्यायाधीश जोशीलाई संसदीय सुनुवाई विशेष समितिको शुक्रबारको बैठकले अस्विकृत गरेपछि आइतबारबाट विदामा बसेका थिए । जोशीको सोही जिम्मेवारी वरिष्ठ न्यायाधीश मिश्रले आईतबारबाट सम्हालेका सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोरखेलले जानकारी दिए ।

सर्वोच्च अदालतमा आईतबार ५७ थान मुद्दा पेसीमा चढेको थियो। त्यसमध्ये चार वटा मुद्दा फैसला गरिएको पनि प्रवक्ता पोखरेलले बताए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...