‘लुट’ का निर्माता माधव वाग्ले २५ लाख धरौटीमा रिहा
काठमाडौं । नक्कली नोट छापेको आरोपमा पक्राउ परेका लुट फिल्मका निर्माता माधवराज वाग्ले पाटन उच्च अदालतको आदेशमा २५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।
अदालतले वाग्लेसँगै पक्राउ परेका कला निर्देशक महेन्द्र बोगटीलाई ३ लाख र कला सहयोगी सुदीप घिसिङलाई १० लाख रुपैयाँ धरौटीमा छाडेको छ ।
प्रहरी परिसर काठमाडौंले उनीहरुविरुद्ध नक्कली नोट छापेको अभियोगमा २ करोड ६३ लाख बिगो कायम गर्दै खोटा चलन मुद्दा दायर गरेको थियो ।
प्रतिकृया दिनुहोस