अंशको लोभमा भाईले गरे दाजुको परिवारकै हत्या

Hatya 1

काठमाडौ‌ । दाईको भागको अंश पनि आफैले लिने योजनाका साथ सप्तरीमा एक ब्यक्तिले दाजुको पुरै परिवारको हत्या गरेका छन् ।

राजविराज नगरपालिका–१५ मुसहर्निया पञ्चदेव साहले दाजु ३५ वर्षीय सुरज साह, भाउजु ३० वर्षीया बेचनीदेवी र चार वर्षीया छोरी प्रतिभाको हत्या गरेका हुन् । हत्यामा पञ्चदेवसहित उनकी पत्नी प्रमिलादेवीको योजना रहेको थियो भने शव बेपत्ता बनाउन सोही वडाका धर्मेन्द्र साह, जिवछ साह र सत्यनारायण साहले सहयोग गरेको अनुसन्धानका क्रममा खुलेको छ।

घरायसी विवाद बढेपछि अंश जोगाउनका लागि परिवारकै हत्या गरिएको प्रहरीलाई पञ्चदेवले बयान दिएको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश सिंहले बताए । उनीहरूलाई पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ ।

गत २९ जेठमा हत्या गरी बेचनीको शव घरपछाडि शौचालयको सेफ्टी ट्यांकीभित्र लुकाइएको थियो । शव गन्हाउन थालेपछि परिवारकै हत्या भएको खुलेको हो । प्रहरीले ३१ जेठमा बेचनीको शव सेफ्टी ट्यांकीबाट निकाली बेपत्ता भएका सुरज र छोरी प्रतिभाको खोजी प्रहरीले अहिले पनि गरिरहेको छ।

२९ जेठमै सुरज र उनकी छोरी प्रतिभाको पनि हत्या गरी शव घरदेखि करिब २ किलोमिटर टाढा कोसीपश्चिम नहरको खाँडो नदीमा फ्याँकिएको बयान पञ्चदेवले दिएको प्रहरीले जनाएको छ । अभियुक्तहरूले दिएको बयानका आधारमा दुई दिनदेखि प्रहरीले खाँडो नदीमा शव खोजिरहेको छ।

वर्षा र अत्यधिक पानी रहेका कारण शव खोजी कार्य प्रभावित बनेको प्रहरी उपरीक्षक सिंहले बताए । यद्यपि गोताखोर र अन्य साधन जुटाई बुधबार पनि शव खोज्ने काम भएको सिंहले बताए । शव खोजीका लागि गोताखोर थपिएका छन्।

२ असारमा मृतक बेचनीका पिता छिन्नमस्ता गाउँपालिका–६ का रामकुमार साहले जिल्ला प्रहरी कार्यालयमा निजका परिवारजनले नै छोरी, ज्वाइँ तथा नातिनीको हत्या गरेको भन्दै किटानी जाहेरी दर्ता गराएका थिए । साहले दर्ता गरेको किटानी जाहेरीमा मृतक सुरजका भाई पञ्चदेव, उनकी पत्नी प्रमिलादेवी र छोरा सन्तोषमाथि हत्याको आरोप लगाइएको थियो।

सोही किटानी जाहेरीका आधारमा पक्राउ गरी अनुसन्धान थालेपछि निजहरूकै संलग्नतामा परिवारसहित सुरज साहको हत्या गरिएको रहस्य खुलेको प्रहरी उपरीक्षक सिंहले बताए।

हत्या घटनामा संलग्न रहेका थप पाँच जना फरार रहेकाले खोजी भइरहेको उनले बताए । पक्राउ परेकामाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धान सुरु गरिएको एसपी सिंहले जानकारी दिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...