११ महिनामा २०९ अर्ब २१ करोड चालु खाता घाटा, विदेशी मुद्रामा वैदेशिक ऋण लिन पाउने व्यवस्था

Maudrik niti

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा बढेर १ हजार ३३ अर्ब ४ करोड व्यापार घाटा तथ्यांक सार्वजनिक गरेको छ ।

चालु आवको मौद्रिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले २०९ अर्ब २१ करोड चालु खाता घाटा रहेको तथ्यांक प्रस्तुत गरे ।

डा. नेपालले विप्रेषणबाट हुने आय ७.३ प्रतिशतले वृद्धि भएको र यो वृद्धिदर सामान्य रहेको भन्दै उनले फराकिलो व्यापार घाटाका कारण चालु खाता घाटा उच्च हुन गएको स्पष्टीकरण दिएका छन् ।

बुधबार सार्वजनिक भएको मौद्रिक नीतिमा अब वाणिज्य बैंकहरुले प्राथमिक पूँजीको २५ प्रतिशतको दरले भारतीय मुद्रामा समेत वैदेशिक ऋण लिन पाउने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत परिवत्र्य विदेशी मुद्रामा वैदेशिक ऋण लिन पाउने व्यवस्थामा थप सुधार गर्दै भारतीय मुद्रामा समेत प्राथमिक पूँजीको २५ प्रतिशत ऋण लिन पाइने व्यवस्था गरेको छ ।

वाणिज्य बैंकसँगै अन्य वर्गका बित्तीय संस्थाहरुले प्राथमिक पूँजीको २५ प्रतिशत ऋण लिन पाउने व्यवस्था समेत मौद्रिक नीतिमा गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...