मेगा बैंकको थप ६ वटा नयाँ एक्सटेन्सन काउन्टर

Megha bank 1

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले थप ६ वटा नयाँ एक्सटेन्सन काउन्टरहरु विस्तार गरेको छ ।

गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगा बैंकले सुनसरी जिल्लाको बराहा नगरपालिकाको चक्रघाँटीमा, सुनसरी जिल्लाका कोशी गाउँपालीकाको लौकहिमा, अर्घाखाँची जिल्लाको मालारानी गाउँपालीकामा, गुल्मी जिल्लाको रुरु गाउँपालीकामा, धनुषा जिल्लाको मिथिलाबिहारी नगरपालिकाको तारापाटीमा र पाल्पा जिल्लाको माथागढी गाउँपालिकामा गरी ६ नयाँ एक्सटेन्सन काउन्टरहरु विस्तार गरेकोे हो ।

योसँगै मेगा बैंकको एक्सटेनसन काउन्टर संख्या १४ पुगेको छ । ९८ वटा शाखा रहेको मेगा बैंकका ७४ वटा एटीएम सञ्जाल, ११९ वटा शाखारहित केन्द्रहरु र २ हजारभन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।

बैंकिङ सुविधा नपुगेका ग्रामीण भेगमा अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले मेगा बैंकले एक्सटेन्सन काउन्टर विस्तारलाई तीव्रता दिइरहेको छ । आउने आर्थिक वर्षमा समेत थप शाखा कार्यालयहरु, एक्शटेन्सन काउन्टर, एटीएम सञ्जाल, शाखारहित केन्द्रहरु र मेगा रेमिट एजेण्टहरु खुल्ने मेगा बैंकले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...