इन्धन ढुवानीको जिम्मा अब सेनालाई

Nepalisena

काठमाडौं । नेपाल सरकारले नेपाली सेनालाई इन्धन ढुवानी गर्न जिम्मा दिने भएको छ । शान्ति सुरक्षाको जिम्मेवारी पाएको सेनालाई सरकारले इन्धन ढुवानी गर्न दिन लागेको हो ।

निजी क्षेत्रले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन ढुवानी गर्दे आएकामा अब ढुवानीको जिम्मा सेनालाई दिन लागिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

सेनाको कल्याणकारी कोषलाई पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर सञ्चालन अनुमति दिने प्रक्रिया अघि बढाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

नेपाल आयल निगमको करारमा राखेर सञ्चालन गर्न सेनाले आवश्यक प्रक्रिया आगडि बढाउने निर्णय भएको बताइएको छ ।

नेपाली सेनाले कतिपय विकास निर्माणको काम समेत गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...