धानको समर्थन मूल्य २४३८ रुपैयाँ निर्धारण

Dhan mandi

काठमाडौ‌ । सरकारले आउँदो वर्षको लागि धानको समर्थन मूलय निर्धारण गरेको छ।
उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालय, कृषि मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल खाद्य संस्थानका प्रतिनिधिबीच सोमबार भएको बैठकले धानको समर्थन मूल्य निर्धारण गरेको हो।

मन्त्रालयका अनुसार मोटा धानको मूल्य प्रतिक्वीन्टल २ हजार २ सय ४७ रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्वीन्टल २ हजार ४ सय ३८ रुपैयाँ निर्धारण गरिएको छ।

छिमेकी मुलुक भारतमा प्रतिक्वीन्टल धानको समर्थन मूलय २ हजार ८ सय रुपैयाँ छ। भारत सरकारले धानको मूल्यमा किसानलाई प्रतिक्वीन्टल पाँच सय रुपैयाँ अनुदान दिने गरेको छ।

किसानबाट व्यापारीले सस्तो मूल्यमा धान खरीद गर्दा किसान मारमा पर्न थालेपछि उचित मूल्य उपलव्ध गराउनका लागि सरकारले समर्थन मूल्य निर्धारण गरेको हो। सरकारले प्रत्येक वर्ष धानको समर्थन मूल्य निर्धारण गर्ने गरेको भएपनि कार्यान्वयनमा आउन सकेको छैन।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...