डेढ किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ

Gold pure.jpeg

काठमाडौं । नेपालका सुन तस्करहरु धमाधम पक्राउ पर्न थालेपछि तस्करहरुले भारतीय नागरिकलाई प्रयोग गर्न थालेका छन् । बिहीबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एककिलो ६ सय ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सुन तस्करहरुले पछिल्लो समय भारतीय नागरिकलाई सानो परिमाणमा सुन बोकाएर दुबईबाट काठमाडौं पठाउन थालेको रहस्य भारतीय नागरिक पक्राउ पछि खुलेको छ ।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका भारत केरलाका अर्सद फेल्याल र जलाउद्दिन भ्यापिमलाई शरीरभित्र लुकाएर ल्याएको ८/८ सय ग्राम सुनसहित पक्राउ गरेको हो ।

तस्करहरुले ठूलो परिमाणमा सुन ल्याउँदा पक्राउ पर्ने डरले उनीहरुलाई थोरै मात्रामा सुन बोकाएर पठाएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई हिरासतमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...