सुनको सिक्रि दिसा गरेपछि....
काठमाडौं । तीन दिनदेखि प्रहरीको निगरानीमा रहेका एक ब्यक्तिले दिसा गर्दा सुनको सिक्रि निकालेका छन् ।
ईटहरी ३ का सुरजकुमार नेपालले तीन दिनअघि मुखबाट निलेको सुनको सिक्री सोमबार दिउँसो दिसाबाट निस्किएको हो ।
कोसी अञ्चल अस्पतालमा निरन्तर प्रहरीको निगरानीमा रहेका नेपालले सोमबार दिउँसो सिक्रीसहित दिसा गरेको मोरङ प्रहरीका डिएसपी घनस्याम श्रेष्ठले बताए ।
विराटनगर महानगरपालिका ९ जलजला चोकको राठी ज्वेलसरीबाट ११ साउन साँझ नेपालले गहना किन्ने बहानामा सुनको सिक्री निलेर चोरी गरेका थिए ।
प्रतिकृया दिनुहोस