अवैध रुपमा टर्की हुँदै ग्रिस हिँडेका एक नेपाली घाना जंगलबाट बेपत्ता

Bepatta nagarik

काठमाडौं । ग्रिस पुगेका एक नेपालीका अनुसार अवैध रुपमा टर्की आउने र त्यहाँबाट मानव तस्करलाई लाखौँ रुपैयाँ बुझाएर ग्रिस छिर्नेले ११ देखि १५ लाख रुपैयाँसम्म खर्चिएका हुन्छन् । तर त्यति धेरै पैसा खर्चेर पनि भनेजस्तो काम पाउँदैनन् ।

टर्कीबाट अवैध रुपमा ग्रिस पुगेका ईलामका मोती गूरुङको अनुसार घाना जंगलमा सात दिनसम्म भोकप्यास नभनी हिँडेर मरेर बाँचेको अनुभव भएको छ ।

टर्कीबाट उनीसँगै हिडेका नवलपरासी, कावासोतीका नवीन तिवारी सात महिनादेखि सम्पर्कविहिन छन् ।

सँगै गएका तिवारी कहाँ छन्, गुरुङलाई पनि थाहा छैन ।नवीन बाटैमा विरामी परेको र रेल ट्रयाकसम्म सँगै रहेको मोतिलाई सम्झना छ । त्यसपछि नवीन छुटेको उनी बताउँछन् ।

मोतीका अनुसार कैयन् दिनसम्म भोकैप्यास माईनस डिग्री चिसोमा हिँड्दा नवीनको घाँटीमा समस्या आएको थियो । (कान्तिपुर)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...