सर्वोच्चमा रिक्त न्यायधीशको पदपुर्ति गर्न माग गर्दै रिट दायर

Supreme court

काठमाडौं । सवेच्चमा मुद्दाको चाप बढेको र दरबन्दी अनुसारका न्यायधीश नहुँदा मुद्दा फर्स्यौटमा असर परेको भन्दै रिट दर्ता गरिएको छ । रिटमा रिक्त दुई जना न्यायाधीशको यथाशीघ्र पदपूर्ति गर्न माग गरिएको छ ।

अधिवक्ता दिपक बिक्रम मिश्रले मुद्दाको चाप बढेको र त्यसले समयमै फर्स्यौट गर्न असर परिरहेको दावी गर्दै तत्काल सर्वोच्च अदालतको २ जना रिक्त न्यायाधिशको पदपूर्तिका लागि न्याय परिषद सचिवालयसँग माग गर्दै आईतबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सर्वोच्च अदालतमा संवैधानिक व्यवस्था अनुसार प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीशहरुको दरबन्दी रहेपनि २ जना न्यायाधीशहरुको पदपूर्ति हुन सकेको छै। रिट निवेदनमा समयमै मुद्दाहरु फस्र्यौट गर्नुपर्ने भएकाले तत्काल रिक्त न्यायाधीशहरुको पदपूर्ति गर्न न्यायपरिषद सचिवालयसँग माग गरिएको सर्वोच्चका सहायक प्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जानकारी दिए ।

त्यसैगरी सर्वोच्च अदालतमा आईतबार नै पशुपंक्षी ढुवानीको उचित व्यवस्था गराउन माग गर्दै अर्को रिट पनि दायर गरिएको छ। अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमा नागरिकको स्वच्छ रुपमा मासु खान पाउने अधिकार सुनिश्चित हुने गरी ढुवानीको व्यवस्था गर्न कृषि तथा पशुपंक्षी मन्त्रालयलाई परमादेश दिन माग गर्दै गर्दै रिट दायर गरेका हुन।

रिटमा पशुपक्षी ढुवानी कार्य अत्यन्तै अमानवीय र क्रूर हुँदै आएको दावी पनि गरिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता कालाखेतीले बताए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...