अपपडेट– त्रिशुली दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

Chitwan accident

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको बस ट्रकसँग ठोक्किएपछि त्रिशुलीमा खसेर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । घटनामा परी १९ जना घाइते भएका छन्।

चितवनको ईच्छाकामना गाउपालिका वडा नं. ३ चुम्लिङटारमा बस र ट्रक एकआपसमा ठोक्किंदा बस त्रिशुली नदीमा खसेको थियो । ट्रकसँग ठोकिएर बस सडक भन्दा करिब २० मिटर तल खसको छ।

काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको ना ६ ख २५०६ नम्बरको बस र विपरीत दिशाबाट गईरहेको ना ५ ख ७४०९ नम्बरको ट्रक एक आपसमा ठोक्किंदा बसमा सवार यात्रुको मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय मुग्लिङ चितवन, प्रहरी चौकी जोगीमारा धादिङबाट प्रहरी टोली र सशस्त्र प्रहरी बिपत व्यवस्थापन तालिम केन्द्र कुरिनटारबाट सशस्त्र प्रहरीको उद्धार टोली घटना स्थलमा पुगेर घाइतेहरुको उद्धार गरेको छ। घटना स्थलबाट ५ जनालाई मृत अबस्थामा उद्धार गरी अस्पताल पठाइएको थियो। मृत्यु हुनेहरुमा पाल्पा बेगनास गा.पा. बस्ने ३२ वर्षीय अर्जुन न्यौपाने, तनहुँको भानु नगरपालिका ५ बस्ने २७ वर्षीय सुमिता श्रेष्ठ, तनहुँकै भन्सार बस्ने २७ वर्षीय कमला श्रेष्ठ, काठमाडौं बस्ने ३० वर्षीय रविन गुरुङ, तनहुं केशवटार बस्ने ४० वर्षीय बाबुराम तिवारी, भारतको विहार बेतिया बस्ने फिरोज मिया, पहिचान नखुलेका अनुमानित २÷३ वर्षीय बालक र अर्की १८÷१९ वर्षकी महिला रहेको चितवन प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...