संसदीय सुनुवाईको समाना गर्दै प्रस्तावित प्रधानन्यायधीशले भने ‘समाजवाद आए न्यायलय सोही अनुसार चल्छ’

Deepak joshi

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीले मुलुकमा समाजवाद आए सोही अनुसार अघि बढ्न न्यायलय तयार रहेको प्रतिवद्धता व्यक्त गरेका छन् ।
संसदीय सुनुवाई विशेष समितिमा विहिबार सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले न्यायालय भित्र हुने भ्रष्टाचार सर्वोच्च अदालतको फुल कोर्टमा छलफल हुने पनि स्पष्ट पारे ।

जोशीले अदालत भित्र हुने भ्रष्टाचारबारे न्यायालय बोल्दैन भन्ने आरोप सत्य नभएको दाबी समेत गरे। न्यायालयमा हुने भ्रष्टाचार कानुन अनुसार छानविन हुने गरेको पनि स्मरण गराए। उनले न्यायालयको भ्रष्टाचारमा पदीय दुरुपयोग हुन नदिन पनि आफूहरु सचेत रहेकोतर्फ पनि सांसदहरुको गम्भिर ध्यानाकर्षण गराए।

सांसदहरुको प्रश्नको जवाफ दिंदै जोशीले सरकारले मापदण्ड नतोकेका कारण विकास, निर्माणको कामको मुद्दा फैसला गर्न ढिलाई हुने गरेको पनि स्पष्ट पारे। उनले जग्गाको मुआब्जा लगायतका विषयमा सरकारले मापदण्ड तोक्ने हो भने अदालतले त्यसमा ढिलाई हुने गरी अन्तरिम आदेश दिईरहन पर्ने अवस्था नआउने बताए।

प्रस्तावित प्रधानन्यायाधीश जोशीले न्यायालय विकास विरोधी हुन नसक्ने पनि स्मरण गराए।मुलुकलाई अघि बढाउन सरकार, संसद र न्यायालय मिलेर अघि बढनुको विकल्प नरहेको भन्दै प्रस्तावित प्रधानन्यायाधीश जोशीले न्यायालय एक्लैको प्रयासले मात्रै मुलुकलाई अघि बढाउन नसकिने पनि स्पष्ट पारे।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...