विश्व हिन्दू महासंघका अध्यक्ष सिंहको निधन

Bharatkeshari shingh

काठमाडौ‌ । विश्व हिन्दू महासंघका अध्यक्ष भरतकेशर सिंहको निधन भएको छ।

८२ वर्षे सिंह २० दिनदेखि हृदयघातका कारण बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत गराइरहेका थिए । सिंहको आइतबार बिहान निधन भएको अस्पताल स्रोतले जनाएको छ।

नेपाली सेनाका पूर्वजर्नेल सिंहका तीन छोरा रहेका छन्। उनको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि आइतबार मध्यान्ह १२ बजे पशुपति, वनकालीको हंसमण्डपमा राखिने पारिवारिक श्रोतले जनाएको छ।

सिंहलाई अस्पताल लैजाँदा पिसाव सम्बन्धी समस्या थियो। पछि निमोनियाँ देखिएको र हृदयाघातका कारण उनको निधन भएको वयोधा अस्पतालले जनाएको छ। सिंहको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ।

सिंह पूर्वशाही पार्रश्ववर्ती अर्थात् तत्कालीन राजाका एडीसी हुन्। ज्ञानेन्द्रको शाही शासनपछि दलहरूलार्इ सार्वजनिक आलोचना गरेर उनी चर्चामा आएका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...