डा. केसीको समर्थनमा आजदेखि सामूहिक अनशन

Kc

काठमाडौं । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीका समर्थकहरुले आज (आइतबार) सामूहिक अनशन बस्ने जनाएका छन् ।

शनिबार बानेश्वरको नागरिक सभालाई सम्बोधन गर्दै मानवअधिकारवादी कृष्ण पहाडीले केसीको जीवनरक्षाका निम्ति सामूहिक सत्याग्रह बस्ने घोषणा गरेका थिए ।

डा केसिको मागप्रति ऐक्यबद्दता जनाउदै तथा केसीको जीवनरक्षाका निम्ति बिहान १० देखि ५ बजेसम्म बसन्तपुर डबलीमा करिब २०० जना नागरिक अनशनमा बस्ने भएका हुन् ।

दबाब कार्यक्रमलाई नयाँ स्वरुपमा अघि बढाउन सामूहिक सत्याग्रह शुरु गर्न लागिएको डा. केसीका समर्थक अधिवक्ता ओमप्रकाश अर्यालले बताए ।

सामूहिक अनशनमा राजनीतिक दलका नेता, विभिन्न पेसाकर्मी, चिकित्सक, विद्यार्थी तथा सर्वसाधारण सहभागी हुनेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...