आज आइतबार, यस्तो छ तपाईको भाग्य हेर्नुहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनमा निरासा र शरीरमा आलस्य आउला । कार्यमा बाधा आउनेछ । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । व्यवसायमा मन्दी आउनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
प्रेमीको सहयोग पाइनेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । शत्रु क्षय होलान् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
गरेका काममा ढिलासुस्ती हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्वपूर्ण अवसर गुम्न सक्छ । यात्रामा मालसामान हराउन सक्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
शुभारम्भको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर मिलनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक यात्राको योगछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जोश जाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सानातिना समस्यामा अल्झिनुपर्नेछ । मुद्दा मामिला आइलाग्नेछ । प्रेममा मनमुटाव रहला । राजनैतिक कार्यमा बाधा आउनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा रहला । पदोन्नतीको सम्भावना छ । ( ज्यो.प. नारायणप्रसाद दुलाल
प्रतिकृया दिनुहोस