कमजोर बन्दै नेपाली मुद्रा

Dolllerrrr

काठमाडौं । पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको बिक्रीदर १ सय १० रुपैयाँ ७८ पैसा रे खरिददर भने १ सय १० रुपैयाँ १८ पैसा तोकेको छ ।

यसअघि बिहीबार अमेरिकी एक डलरको खरिददर १ सय ९ रुपैयाँ ५० पैसा कायम गरिएको थियो भने बिक्रीदर १ सय १० रुपैयाँ १० पैसा रहेको थियो ।

नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ । यसकारण केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्य समेत कमजोर भएको हो ।

अमेरिकी डलरको भाउ उच्च हुँदा नेपालको अर्थतन्त्रमा केही नकारात्मक असर पर्न सक्ने अर्थविद्हरुले बताउदै आएका छन् । डलरको भाउ बढ्नेबित्तिकै विदेशी सामानहरू नेपालीको निम्ति महंगो हुन पुग्छन् ।

नेपालको झन्डै ७० प्रतिशत व्यापार भारतसँग हुने गर्छ । तर भारतमै पनि अमेरिकी डलरको तुलनामा भारु सस्तो हुँदा हुने महँगी यता सर्न सक्ने विज्ञहरु बताउछन् ।

तर डलरको भाउ बढ्दा केही फाइदा पनि हुने गर्दछ । विदेशी मुद्राको भाउ बढ्दा त्यसले पर्यटनमार्फत् हुने आम्दानीमा वृद्धि हुन्छ ।

अर्कोतर्फ वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई पनि यसले फाइदा पुग्ने हुन्छ । कयौंले विदेशमा कमाएको पैसा विदेशी मुद्रामा नेपाल पठाउँछन् । डलरको भाउ बढ्दा उनीहरुले नेपाल पठाउने पैसाको परिमाण बढ्न सक्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...