सुनसरीमा छोरी जन्माएको भन्दै घर निकाला

Ghar nikala

इनरुवा । सुनसरी जिल्लाको दुहबी नगरपालिका–६ कि राधा साहलाई छोरी जन्माएको भन्दै घर निकाला गरिएको हो ।

साहले २०७२ सालमा २० वर्षको उमेरमा रामधुनी नगरपालिका–३, पिप्राहका २४ वर्षीय गोपाल साहसँग विवाह गरेको थियो । विवाहपछि छोरी जन्मिएको भन्दै श्रीमान्ले कुटपिट गर्ने गरेको र घरबाट निकाले हो ।

इटहरीमा पत्रकार सम्मेलन गरेर साहले आफू छोरी जन्माएकै कारण घरबाट निकाला भएको र अपहेलितसमेत भएको बताए । उनले छोरी जन्मिएका कारण श्रीमान् र घरपरिवारबाट अपहेलित हुँदै अहिले २ वर्षदेखिे माइतमा बस्न बाध्य भएको र घर फिर्ता आए १० लाख लिएर आउनुपर्ने माग श्रीमान्ले गरेको बताए ।

आफू पीडित भएर पनि सम्बन्धित निकायले न्याय र चासो नदिएका कारण बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको पीडित साहले बताए । दुई वर्षकी छोरीसहित पत्रकार सम्मेलनमा उपस्थित भएकी साहले आफू अन्यायमा परेको भन्दै दुहबी नगरपालिकाको न्यायिक समितिमा निवेदन दिए पनि सुनुवाइ नभएको गुनासो गरे ।

आफू छोरी जन्माएकै कारण श्रीमान् र घरपरिवारबाट अलग भएकोमा उनले दुःख व्यक्त गरे । उनले श्रीमान्सहित ससुरा ललित साह तथा सासु छिनादेवी साहले घरबाट निकालेको र घरमा फिर्ता आए १० लाख ल्याउन पटक पटक दबाब दिएको बताए । पीडित साहले श्रीमान्कै घरमा बस्न पाउनुपर्ने मागसमेत गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...