गोरखामा पहिरोले घर पुरिंदा तीन जनाको ज्यान गयो
गोरखा । अविरल वर्षापछि गोरखाको शहिद लखन गाउँपालिका–६ अधेरीमा खसेको पहिरोले घर पुरिएर ३ जनाको ज्यान गएको छ ।
पहिरोले नवराज कुवँरको घर भत्कँदा उनकी १० वर्षीया छोरी प्रविना कुवँर, भान्जी २० वर्षीया सरु कुवँर र सरुकी आठ महिने छोरा युनिक कुवँरको ज्यान गएको स्थानीयले बताएका छन् ।
पहिरोमा परि अन्य दुइ जना सामान्य घाइते भएको स्थानीयले जनाएका छन् । त्यस स्थानमा अन्य केही घरहरु पनि जोखिममा रहेको स्थानीयको भनाइ छ ।
अविरल वर्षाका कारण बुधवार बिहान करिव ६ः३० बजे पहिरो खसेर उनीहरुको बसेको कोठा पुरिएको नवराजकी भान्जी सरु पूजाको निम्तो मान्न मामाघर आएकी थिइन् ।
प्रतिकृया दिनुहोस