प्लास्टिक पेलेर पोखरामा सडक पिच

Pitch road

पोखरा । पोखराका युवाले प्लास्टिक प्रयोग गरेर सडक पिच गर्न सकिने बताएका छन् । ग्रिन रोड वेस्ट म्यानेजमेन्ट कम्पनीका युवाले प्लास्टिक पेलेर बाटो पिच गर्ने प्रविधि विदेशमा सिकेर पोखरामा प्रयोग गरेका हुन् ।

प्लास्टिकले वातावरणमा पार्ने प्रभावलाई कम गर्न र यसको वैकल्पिक बाटो पहिल्याउँदै युवाहरुले प्लास्टिक पेलेर १ सय मिटर बाटो पिच गरेरै देखाएका छन् । पोखरा– १४ अनुपम टोलमा प्लास्टिक पेलेर गरिएको सडक पिच मंगलबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले अवलोकन तथा उद्घाटन गरेका छन् ।

कम्पनीले मेकानिकल इन्जिनियर विमल बास्तोला र सिभिल इन्जिनियर राजीव सुवेदीलाई प्लास्टिकको प्रयोगबाट सडक पिच गर्ने प्रविधिको एक हप्ते तालिम लिन भुटान पठाएको थियो । भुटानबाट फर्केपछि उनीहरुले पोखरा १४ मा एक सय मिटर परीक्षणका लागि सडक पिच गरेका हुन् । प्लास्टिकको प्रयोग गरेर बनाइने यस किसिमको सडकको सुरुवात सन् २००१ मा भारतबाट भएको कम्पनीका संस्थापक विमल बसेलले जानकारी दिए ।

एक सय मिटर सडक पिच गर्न ३ सय केजी प्लास्टिक लाग्ने इन्जिनियर राजीव सुवेदीले जानकारी गरे । यो प्राविधिअनुसार २ हजार ४७५ केजी अलकत्र खपत भएको र त्यसमा प्लास्टिकको मात्रा ८ देखि १६ प्रतिशतसम्म प्रयोग गरिएको छ ।

सडक पिच गर्दा पैसासमेत कम लाग्ने कम्पनीको दाबी छ । सबै प्रविधि बाहिरबाट ल्याएर पिच गर्दा पनि २० हजार रुपैयाँभन्दा कम परेको इन्जिनियर सुवेदीले बताए । पोखरा महानगरपालिकाले उपकरण नै खरिद गरेर प्लास्टिकबाट सडक पिच गर्ने योजना ल्याए चलिरहेको प्राविधिभन्दा धेरै सस्तो पर्ने उनको दाबी छ ।

बिटुमिन, प्लास्टिक, बालुवा, चिप्सलाई मिसाई पकाइएको इन्जिनियर बिमल बास्तोलाले जानकारी दिए । जग्गा भएका प्लास्टिकलाई ससाना टुक्रा पारेर धोएपछि मात्र प्रयोग गरिने उनको भनाइ छ ।

प्लास्टिकका बोत्तल, ठूला पाइपबाहेक गुड्कादेखि चाउचाउका खोलसम्म यो प्रविधिअनुसार सडक पिच गर्न प्रयाग गर्न सकिने कम्पनीको दाबी छ । एक किलोमिटर सडक निर्माण गर्दा १ टर्न प्लास्टिकको प्रयोग हुने र १ टन अत्रकत्रको बचत हुने उनीहरुको भनाइ छ । प्लास्टिकको प्रयोगबाट सडक पिच गर्ने प्रविधिले बिनामूल्य फालिने फोहोर प्लास्टिकले मूल्य पाउने, ल्यान्ड फिल साइडको आयु बढ्ने, अरु प्रविधिभन्दा सडक बलियो हुने, भारवाहन क्षमता बढी हुने, अलकत्रको मात्रा कम लाग्ने इन्जिनियर सुवेदीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...