बुद्ध एयरले सुरु गर्यो काठमाडौं– बनारस उडान

Budha2 n

काठमाडौं । बुद्ध एयरले काठमाडौं–बाराणसी उडान सुरु गरेको छ । आजबाट उडान सुरु गरेको बुद्ध एयरले हप्ताको दुईदिन सोमबार र शुक्रवार उडान भर्ने जनाएको छ ।

बुद्ध एयरले नियमित उडानको पहिलो दिन ४५ सिट क्षमताको एटिआर ४२ विमानबाट गरेको छ । ३८ यात्रुसहित बुद्ध एयरको ९एन–एआइटी कलसाइन भएको विमान सुक्रबार दिउँसो वाराणसी उडान गरेको हो ।

५० मिनेटको हवाई दुरीमा रहेको वाराणसी पुगेपछि यो विमानको स्वागत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गर्नेछन्।

बुद्धको यो विमान आजै साँझ ६ बजे नेपालका फिर्ता हुने जानकारी बुद्ध एयरले दिएको छ। यो उडानको दोहोरो भाडादर १४ हजार नेपाली रुपैयाँ रहेको छ।

यो उडानले नेपाल–भारत सम्बन्ध सुदृढिकरणमा सहयोग पुग्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले बताए । उनले नेपालसँग जोडिएका भारतका प्रदेशहरुमा उडान गर्न सकिएमा नेपालमा पर्यटक आगमनको संख्या बढ्नेमा जोड दिए ।

बुद्ध एयरले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले काठमाडा–वाराणसी उडानले २०२० मा २० लाख पर्यटक भित्र्याउँन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

आन्तरिक उडानतर्फको अग्रणी एयरलाइन्स कम्पनी बुद्धसँग हाल एटिआर ७२ सिरिजका ५ वटा, एटिआर ४२ सिरिजका ३ र बिचक्राफ्ट विमान २ गरी जम्मा १० विमान छन् । आन्तरिक तर्फको ६३ प्रतिशत बजार हिस्सा ओगटेको बुद्धले दुई दर्जनभन्दा बढी गन्तव्यमा उडान गरिरहेको छ ।

बुद्ध एयरले आफ्नोमा सेवा ‘बिचक्राफ्ट’ विमानबाट दुइ दशकअघि सेवा सुरू गरेको थियो । उसले सन् २०२१ सम्ममा एयरबसका ३२० फेमिली सिरिजका ३ जहाज ल्याएर अन्तर्राष्ट्रिय उडान गर्ने योजना बनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...