पेट्रोलियम पाइपलाईनः १३ किमी पाइप विच्छ्याइयो
काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानीको झन्झटिलो प्रक्रिया अन्त्य गर्न सुरु भएको पाइपलाईन विस्तार योजना तीब्र गतिमा अघि वढेको छ ।
भारतदेखि नेपालको अमलेखजञ्जस्थित तेल भण्डारण केन्द्रमा पाइपमार्फत् पेट्रोलियम पदार्थ ढुवानीका लागि सुरु भएको पाइप विच्छ्याउने कार्य नेपालतर्फ १३ किलोमिटर सकिएको छ ।
यो नेपालतर्फको ३५ दशमलब ९१ प्रतिशत सफलता हो । पेट्रोलियम ढुवानीका लागि नेपालतर्फ ३६ दशमलब २ किमी पाइप विच्छ्याउनु पर्नेछ ।
प्रतिकृया दिनुहोस