वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन

Bhim b thapa

काठमाडौँ । वरिष्ठ कलाकार भिमबहादुर थापाको निधन भएको छ । ९२ बर्षको उमेरमा गएराती २ बजे उनको घरमै निधन भएको हो । लामो समयदेखि विभिन्न रोगका कारण पिडित रहेका थापाको अस्पतालमा उपचार भैरहेको थियो । उनले, आफूलाई घरमै लैजानका लागि आग्रह गरेपछि उनलाई घरमा ल्याइएको थियो ।

उनी, हाँस्य सिरियल ‘तितो सत्य’मा काम गरेपछि अझ चर्चित बनेका थिए । उनले, थुप्रै नेपाली चलचित्रमा समेत काम गरेका छन् । तर, पछिल्ला केही बर्षदेखि रोगले थलिएपछि थापाले चलचित्र अभिनय कम गरेका थिए ।

थापा मुटु, फोक्सो, कलेजो लगायतका रोगबाट पिडित थिए । उनको आजै पशुपति आर्यघाटमा दाहासंकार गरिनेछ । त्यसअगाडि काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने तयारी गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...