माओवादी केन्द्र जीवित नराखे मरे सरहः गोपाल किराती

Maobadi n

काठमााडौं । पुनर्गठित नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका स.योजक गोपाल किरातीले माओवादी केन्द्रलाई जीवित नराखे सच्चा कम्युनिष्टहरू मरेसरह हुने विचार व्यक्त गरेका छन् ।

पुनर्गठित माओवादी केन्द्र महाधिबेशन आयोजक समितिको बैठक काठमाडौंमा सुरु भएको छ । बैठकमा राजनीतिक प्रतिवेदन र विधान प्रस्तुत हुने आयोजकले जनाएको छ ।

माओवादी पुनर्गठनमा लागेका नेता किरातीले पार्टीको केन्द्रीय संरचना बनाउन बैठक राखिएको बताए । उनले भने, “प्रचण्डहरूले छोडेर गएपछि हाम्रो अध्यक्ष, उपाध्यक्ष कोही पनि छैनन्, पदाकिारी बनाउँछौं ,अहिले हामी केन्द्रीय संरचना बनाउँदैछौँ ।”

उनले छरिएर रहेका माओवादीहरुलाई एकीकृत गर्दै जाने बताए । किरातीले चुनावसम्मा नेत्रविक्रमचन्द विप्लवलाई पनि माओवादी केन्द्रमा ल्याउने दावीसमेत गरे ।
‘चुनावसम्ममा सच्चा कम्युनिष्टहरूको पार्टी एकता हुन्छ । विप्लवलाई पनि हामी अर्को चुनावमा सहभागी गराउँछौं’ उनले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...