निर्धन बैंक र आइएफसीबीच सम्झौता

Nirdhan bank samjhauta

काठमाडौं । निर्धन उत्थान बैंकले एक अर्ब रुपैया कर्जा नेपाल त्रित्र्याउने भएको छ ।

बैंकले विश्व बैंकको सदस्यसमेत रहेको इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आइएफसी) सँग एक अर्ब रुपैयाँ कर्जा नेपाल भित्र्याउन सोमबार नयाँ सम्झौता गरेको छ ।

आइएफसी र निर्धन उत्थान बैंकबीच १ अर्ब रुपैयाँ कर्जा नेपाल भित्र्याउने बिषयमा एक सम्झौता समेत सम्पन्न भएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।

निर्धन उत्थान बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्त र आइएफसीको नेपालका लागि रेसिडेन्ट प्रतिनिधि मोहम्मद रेहन रसिदले सम्झौता पत्रमा हस्ताक्षर गरे । यो सम्झौता नेपाल राष्ट्र बैंकबाट अनुमोदन भएपछि आइएफसीले निर्धन उत्थान बैंकलाई एक अर्ब रुपैयाँ कर्जा प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंकले देशको ७ वटै प्रदेशका देशको ७७ वटा जिल्लाहरुमा १ सय ७९ वटा शाखा, १० वटा क्षेत्रीय कार्यालय, केन्द्रीय कार्यालय गरी १ सय ९० वटा कार्यालय सञ्चालन गर्दै आएको छ । यो बैंकले २०७५ बैशाख मसान्तसम्ममा ३ लाख ११ हजार ६९ घरपरिवारहरुमा सेवा पु¥याइरहेको छ ।
बैंकले २०७५ बैशाख मसान्तसम्ममा लगानीमा रहेको कर्जा १५ अर्ब ९ करोड रहेको छ भने ग्राहक सदस्यको ७ अरब ९८ करोड बचतसमेत परिचालन गरेको छ ।

निर्धन उत्थान बैंकले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पीडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई बिनाधितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता तालिम, व्यवसाय विकास सेवा कार्यक्रम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...