एक महिनाभित्र उपत्यका छाड्न आयोजना प्रमुखहरुलाई कुलमानको निर्देशन

Kulan ghising 11

काठमाडौं । निर्माणाधीन विद्युत् आयोजना प्रमुखलगायत कर्मचारीहरुलाई एक महिनाभित्र आफ्नो कार्यस्थलमा जान नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन् ।

बारम्बार निर्देशन दिँदा पनि आयोजनास्थलमा नगई काठमाडौंमै बसिरहेपछि घिसिङले एक महिना भित्र उपत्यका छोड्न निर्देशन दिएका हुन् ।

आयोजनास्थलको कार्यालयमा नबसी काठमाडौं बस्दै आएका आयोजना प्रमुख लगायत कर्मचारीलाई एक महिनाभित्र उपत्यकाभित्र रहेका सम्पूर्ण कार्यालय तथा सम्पर्क कार्यालय बन्द गर्न कडा निर्देशन दिँदै उनले त्यस्ता कार्यालय बन्द नगरे कारवाही गर्ने चेतावनी दिए ।

आयोजना निर्माणमा ढिलाई हुनुको एक कारण आयोजना प्रमुख तथा कर्मचारीले विभिन्न बहाना बनाई राजधानी मै बस्नु पनि रहेको ठहर गर्दै उनले आयोजनास्थलमै जान र समयमै सम्पन्न गर्न निर्देशन दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...