कोरियामा भाषासँगै सीप परीक्षण पनि अनिवार्य

Korea

काठमाडौं । रोजगार अनुमति (ईपीएस) प्रणालीमार्फत दक्षिण कोरियामा काम गर्न जानेहरूको अब सीप दक्षता परीक्षण पनि गरिने भएको छ ।

यसअघि कोरियन भाषा क्षमताका आधारमा मात्रै कामदार छनोट हुँदै आएको थियो ।

सन् २०१९ देखि ईपीएसअन्तर्गतको कोरियन भाषा परीक्षाको छनोट प्रक्रियामा अंक प्रणाली भनिने नयाँ प्रणाली लागू गर्ने योजना रहेको मानव संशोधन विकास कोरियाले जनाएको छ ।

अंक प्रणालीको परीक्षा तीन तहमा लिइने जनाईएको छ । पहिलो चरणमा कोरियन भाषा परीक्षा, दोस्रो चरणमा सीप परीक्षण एवं कार्य दक्षताको मूल्यांकन गरिनेछ ।

दुवै चरणबाट पाएको अंकलाई जोडेर सबैभन्दा धेरै कुल प्राप्तांक ल्याउनेलाई प्राथमिकताका आधारमा छनोट गरिने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...