बढ्न थाल्यो विदेशी मुद्रा, नेपाली कामदारलाई फाइदा

Bideshi paisa

काठमाडौं । केही दिनदेखि विदेशी मुद्राको खरिददर बढ्न थालेको छ । खासगरी खाडी मुलुकमा रोगजारीमा गएका नेपालीहरुलाई यसले फाइदा पु¥याएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दरअनुसार साउदी १ रियालको खरिददर २८ रुपैयाँ ८७ पैसा र विक्रिदर २९ रुपैयाँ ०३ रुपैयाँ पुगेको छ । कतारी १ रियालको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रिदर २९ रुपैयाँ ९० पैसा छ ।

युएई दिरामको मुल्य पनि बढेको छ । यसको १ दिरामको खरिददर २९ रुपैयाँ ४८ पैसा र विक्रिदर २९ रुपैयाँ ६४ पैसा तोकेको छ भने मलेसियन १ रिंगिटको खरिददर २७ रुपैयाँ १९ पैसा र विक्रिदर २७ रुपैयाँ ३४ रहेको छ ।

कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०१ पैसा र विक्रिदर १० रुपैयाँ ३४ पैसा रहेको छ । कुवेती १ दिनारको खरिददर ३ सय ५८ रुपैयाँ १४ पैसा छ भने विक्रिदर ३ सय ६० रुपैयाँ १३ पैसा रहेको छ ।

बहराइन १ दिनारको खरिददर २ सय ८६ रुपैयाँ ७३ पैसा र विक्रिदर २ सय ८८ रुपैयाँ ३२ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...