संघीयता डुब्ने खतरा सुरु भयो : मुख्यमन्त्री पौडेल

Chitawan n

चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले संस्थागत गर्न ध्यान नदिए संघीयता डुब्न सक्ने खतरा औंल्याएका छन् ।

नेपाल राष्ट्रिय वाणिज्य संघ रत्ननगर र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रत्ननगरले सौराहामा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री पौडेलले स्थानीय र प्रदेश सरकारले आफ्नो भूमिका देखाउन नसके संघीयता डुब्न सक्ने खतरा रहेको बताएका हुन् ।

संघीय कानुन समयमै बन्न नसक्दा र नयाँ संरचनामा काम गर्ने मेसो नहँदा संघीय सरकारले काम गर्न नसकेको मुख्यमन्त्री पौडेलले गुनासो गरे । प्रदेश सरकार कानुन र जिम्मेवारीका हिसाबले अन्यौलमा परेको भन्दै यस्तो अन्यौलको अवस्था लामो समयसम्म कायम राख्न नहुने उनले बताए । संघीय सरकारको बारेमा केन्द्रीय सरकार जिम्मेवार नभएको भन्दै उनले भने, ‘प्रदेश सरकारलाई जहाँ पनि तगारो छ। हामीलाई काम गर्ने मेसो नै छैन ।’

प्रदेश सरकारले लगानीको वातावरण बनाउन आगामी आर्थिक वर्षलाई ‘उद्योग वर्ष’ घोषणा गर्ने तयारी गरेको बताएका छन्। एक वर्षभित्र उद्योग दर्ता गरेर काम गर्ने उद्योगलाई पाँच वर्षसम्म कर नलिने नीति प्रदेश सरकारले ल्याउन लागेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...