बजेटको आकार १३ खर्ब १५ अर्ब
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको बजेट विनियोजन गरेको छ ।
सरकारले राजस्वबाट ८ खर्ब उठाइने लक्ष्य लिएको छ । वैदेशिक ऋण २ खर्ब २ अर्ब रहने अनुमान गरेको छ । बजेट कार्यान्वयनबाट ८ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने । मूल्यवृद्धि ५ प्रतिशतमा सीमित हुने भएको छ ।
मदिरा सुर्ती चुरोटमा अन्तशुल्क वृद्धि भएको छ । आजैदेखि चुरोटमा मुल्य बढ्ने भएको छ । शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा शुल्क खारेज गरेको छ ।
गाडी र मोटरसाइकलमा कर बढाइएको छ । विदेशीबाट फर्केनेले १ सय ग्रामसम्म काँचो सुन ल्याउँदा कर तिर्न नपर्ने व्यवस्था मिलाएको छ ।
लघु उद्यम व्यवसायमा ५ वर्ष आयकर छुट दिइने भएको छ ।
आगामी वर्ष ५ लाखले रोजगारी पाउने भएका छन् ।
प्रतिकृया दिनुहोस