अर्थमन्त्री रातो ब्रिफकेस बोकेर पुगे संसद भवन

Dr.khatioda

काठमाडौं । सरकारले अहिले केहीबेरमा आर्थिक वर्ष २०७५/७६ को बजेट ल्याउँदैछ । नयाँ बजेट ल्याउन अर्थमन्त्री डा. युवराज खतिवडा संसद भवन नयाँ बानेश्वर पुगिसकेका छन् ।

डा. खतिवडाले संसदमा बजेट पेश गर्न सुरु गरेका छन् । उनले संसद भवन प्रवेश गर्ने क्रममा बजेटको ब्रिफकेस सार्वजनिक गरेका छन् । ब्रिफकेसको रङ भने रातो छ ।

यसअघिका अर्थमन्त्रीहरुले बजेटका लागि रातो रिबन बाँधेको कालो ब्रिफकेस प्रयोग गर्ने गरेका थिए । तर, डा. खतिवडाले भने रातो व्रिफकेस लगेका छन् । अहिलेसम्म कतिको बजेट आउने भन्ने केही सार्वजनिक भएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...