भोली सरकारको नीति तथा कार्यक्रम, वाम सरकारको ‘समृद्धि’ परीक्षण

Pm office cabinet mantriparisad

 काठमाडौं । सरकारले भोली आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । संघीय संसदका दुवै सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् ।

स्थिरता र समृद्धिको नारा दिइरहेको बर्तमान सरकारका लागि पहिलो पटक पेस गर्ने नीति तथा कार्यक्रमले सरकारले भन्ने गरेको समृद्धिको खाका प्रष्ट पार्नेछ ।
नयाँ संविधानअनुसार निर्वाचन सम्पन्न भएपछि केपी शर्मा ओली नेतृत्वमा गठन भएको सरकारले पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो। नीति तथा कार्यक्रमले सरकारको आगामी वर्षका कार्यक्रमहरूको सैद्धान्तिक मार्गचित्र निर्धार्ण गर्नेगर्छ।

मन्त्रिपरिषद् कार्यलयले तयार नीति तथा कार्यक्रम मुख्य सचिव लोकदर्शन रेग्मीको अगुवाईमा निर्माण भएको मन्त्रीपरिषद्का प्रवक्ता विनोदबहादुर कुवरले जानाकारी दिए।

नीति तथा कार्यक्रममा जलमार्ग, रेलमार्ग एवं केही ठूला आयोजना प्राथमिकतामा रहेको स्रोतहरुले बताएका छन्। अर्थ मन्त्रालयकाअनुसार आगामी आवमा धेरै नयाँ आयोजनालाई प्राथमिकतामा राखिएको छैन। सरकारले राष्ट्रिय गौरवका आयजनालाई प्राथमिकतामा राखेको अर्थ स्रोतले बताएको छ ।

त्यस्तै नयाँ केही ठूला आयोजना समेत प्राथमिकतामा परेका जनाइएको छ । जलमार्ग र रेल मार्गका विषय नीति तथा कार्यक्रममा परेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...