संघीयता विरुद्ध राष्ट्रिय अभियान फेरी सशक्त हुँदै

Sanghiyata

काठमाडौं । विभिन्न क्षेत्रका चर्चित बुद्धिजिवीहरु सम्मिलित संघीयता विरुद्ध राष्ट्रिय अभियानले देशभर आफ्नो सक्रियता बढाउने निर्णय गरेको छ ।

संघीयता विरुद्ध राष्ट्रिय अभियान केही वर्ष अघि गठन भएको थियो । विभिन्न राजनीतिक दलका नेता, पत्रकार, शिक्षक, प्रध्यापक, बुद्धिजिवीहरुको भेलाले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.को अध्यक्षतामा सो अभियान गठन गरेको थियो ।

संविधानसभाबाट नयाँ संविधान बनेपछि सुसुप्त देखिएको अभियान अहिले मुलुकमा संघीय प्रणालीका खराबीहरु देखिन थालेको भन्दै फेरी सक्रिय भएको हो । शनिबार काठमाडौंमा बसेको अभियानको बैठकले समितिको पुनर्गठन गर्दै संघीयता विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र देशका विभिन्न स्थानमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।
यस्तो छ विज्ञप्तिको 

१. सङ्घीयता विरुद्ध राष्ट्रिय अभियान केन्द्रीय समितिको बैठक आज २०७५ वैशाख २२ गते काठमाडौँमा बस्यो । बैठकले सङ्घीयताका विरुद्धको प्रस्ताव पारित गरेको छ । उक्त प्रस्तावमा “सङ्घीयताका लागि नेपाली जनताले कहिल्यै आवाज उठाएका थिएनन् । त्यो नेपाली जनतालाई लादिएको हो । सङ्घीयता नेपालको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र राष्ट्रिय हितका पक्षमा छैन । सङ्घीयतालाई छिटोभन्दा छिटो खारेज गर्नुपर्ने राष्ट्रिय आवश्यकता बन्न गएको छ” भनिएको छ ।

२. बैठकले चित्रबहादुर के.सी.को अध्यक्षतामा केन्द्रीय समितिको पुनर्गठन गरेको छ । केन्द्रीय समितिको नामावली यस प्रकार छ : चित्रबहादुर के.सी, रश्मीराज नेपाली, बद्रे आदम, दुर्गा पौडेल, हिमलाल पुरी, दिपक ज्ञवाली, जनकराज शर्मा, कृष्ण प्रसाद भट्टराई, प्रा.डा. श्रीधर गौतम, प्रा.डा. युवराज सङ्ग्रौला, डा. गोपाल खत्री, डा. प्रेम शर्मा, भिमार्जुन आचार्य, बुद्धिनारायण श्रेष्ठ, मिना पुन, भैरव रेग्मी, कृष्ण अधिकारी, गङ्गा पौडेल, रत्नसंसार श्रेष्ठ, मनोज भट्ट, राजेन्द्र ढुङ्गाना, देवप्रकाश त्रिपाठी, छत्रबहादुर कार्की, अरूण कुमार सुवेदी, रतन भण्डारी, गोपाल सिवाकोटी ‘चिन्तन’, पदम रोका, कुन्ति पोखरेल, निम बहादुर बुढा, मनोहर तिवारी, साध्यबहादुर भण्डारी, प्रभु यादव (पर्सा), शैलेन्द्र पिया, रामप्रसाद भूसाल, फणिन्द्र नेपाल, राधा बुढाथोकी, रहुफ अहमद खान, शम्भु श्रेष्ठ, किशोर श्रेष्ठ, परसु घिमिरे, प्रा. गोपाल पोखरेल, डा. जगदीशचन्द्र भण्डारी, डा. राजन पोख्रेल, मदन जोशी, प्रभू राय यादव ।

३. बैठकले समितिको सचिवमा हिमलाल पुरीलाई चयन गरेको छ । पाँच सदस्यीय सचिवालयको पनि गठन भएको छ । जसमा चित्रबहादुर के.सी., दुर्गा पौडेल, हिमलाल पुरी, दीपक ज्ञवाली र रत्नसंसार श्रेष्ठ हुनुहुन्छ ।

४. बैठकले सङ्घीयता खारेज गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने निर्णय गरेको छ । साथै सङ्घीयता विरुद्ध जनचेतना जगाउन अन्तरक्रिया गर्ने पनि ठेगान गरेको छ । अहिले काठमाडौँ, पोखरा, बुटवल र नेपालगञ्जमा अन्तरक्रिया कार्यक्रमहरू गर्ने ठेगान गरेको छ । त्यहाँ सम्बोधन गर्ने अभियानका केन्द्रीय वक्ताहरू सचिवालयले ठेगान गर्नेछ ।

मिति :२०७५ वैशाख २२

चित्रबहादुर के.सी.
अध्यक्ष

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...