कांग्रेसमा देउवा गुटबाटै पदाधिकारी मनोनित, पौडेल पक्षद्धारा बहिष्कार

Nidhi khadka mahat

काठमाडौँ । सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी मनोनयन गरेका छन् । उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशरण महतलाई मनोनयन गरिएको छ ।

वरिष्ठ नेता पौडेल पक्षले भने सभापति देउवा विधानको व्यवस्था र सहमति विपरीत अघि बढेको भन्दै बैठक बहिष्कार गरेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता महेश आचार्यले विधानको व्यवस्था र सहमति विपरीत मनोनयन गरिएको भन्दै आफ्नो धारणा राखेर बैठक बहिष्कार गरे ।

पौडेल पक्षले विधानको व्यवस्था निलम्बन या बाधा अड्काउ नफुकाई पदाधिकारी मनोनयन गर्न नमिल्ने तर्क गरेको छ । विधानमा महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्रै पदाधिकारीको मनोनयन गर्नुपर्ने व्यवस्था छ । सभापति देउवा १३ औं महाधिवशेनबाट सभापति निर्वाचित भएको दुई वर्ष बढी भइसकेको छ ।

विधान अनुसार सभापतिले मनोनयन प्रस्ताव राख्ने र निर्वाचित केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गर्नुपर्छ । निर्वाचित कार्यसमितिमा सभापति देउवापक्षमा सुविधाजनक बहुमत छ ।

तत्कालिन सभापति सुशील कोइरालाले पनि यस्तै अवस्थामा सहमहामन्त्री र विभाग गठन गरेको नजिरका आधारमा देउवाले पदाधिकारी मनोनयन गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...