साउदीमा जेल परेका राईलाई ३० लाख आर्थिक सहयोग

आर्थिक सहयोग

काठमाडौँ । साउदीमा यातायात दुर्घटनामा परी जेल परेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रकम परिवारलाई हस्तान्तरण गरिएको छ ।

दुई वर्षदेखि साउदी जेलमा बन्दी जीवन बिताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको ३० लाख ९ हजार ४७ प्रधानमन्त्री केपी शर्मा ओलीले आज परिवारका सदस्यलाई हस्तान्तरण गरेका छन् ।

यातायात दुर्घटनामा जेल परेका राईलाई साउदी अदालतले तोकेको जरिवाना तिर्न नसक्दा उनले दुई वर्षदेखि बन्दी जीवन बिताइरहेका छन् । एबिसी टेलिभिजनबाट सञ्चालित हुँदै आएको इन्द्रेणी कार्यक्रमले संकलन गरेको सो रकम प्रधानमन्त्री ओलीले राईकी धर्मपत्नी सरिता राईलाई प्रदान गरेका हुन ।

सो अवसरमा प्रधानमन्त्री ओलीले विदेशिएका नेपालीलाई स्वदेशमै रोजगारी दिलाउन र गरीबी हटाउन आफ्नो नेतृत्वको सरकार कटिबद्ध रहेको बताए । देशकै स्रोत साधन प्रयोग गरेर उद्योग स्थापना गर्दै रोजगारी सिर्जना गर्दै देशको ढुुकुटी बढाउने प्रधानमन्त्री ओलीको भनाइ छ ।

कार्यक्रममा इन्द्रेणी सांगीतिक समूहका कृष्ण कँडेलले प्रेमबहादुर राईको रिहाइका लागि ९५ लाख नेपाली चाहिने र अहिलेसम्म ७१ लाख संकलन भइसकेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...