जनउत्थान सहकारीले दियो ऋणीलाई विमा रकम

Bima rakam

धनकुटा । धनकुटामा पहिलोपटक सहकारी संस्थादे ऋणीलाई विमा सुविधा उपलब्ध गराउन थालेको छ ।

धनकुटा नगरपालिका वडा नं. ७ मा रहेको जनउत्थान बहुउदेश्यीय सहकारी संस्थाले जिल्लामा पहिलो पटक आफ्ना ऋणीलाई ऋण लिनेलाई ऋण लिएवापत विमा सुरु गरेको हो ।

सो सहकारी संस्थाले विहीबार स्व. लोकबहादुर रम्तेलका परिवारलाई ऋण लिए बराबरको रकम र काजक्रिरिया खर्च वितरण गरेर यसको थालनी गरेको छ ।

रम्तेलले जनउत्थान बहुउदेश्यीय सहकारी संस्थाबाट गत वर्ष २५ हजार रुपैया ऋण लिएका थिए । उनको केही समयअघि मात्रै मृत्यु भएका कारण उनको परिवारलाई सहकारीले गरिदिएको विमा रकम वितरण गरेर जिल्लामै पहिलो पटक ऋणीलाई विमा दिन सुरु गरेको हो ।

रम्तेलकी छोरी पुनम रम्तेललाई सहकारीका अध्यक्ष दिनेश राई र नेशनल लाइफ इन्स्योरेन्सका धनकुटा शाखा प्रमुख भेषराज कट्टेलले संयुक्त रुपमा विमा वापतको २५ हजार र काजकिरिया खर्च वापतको २ हजार ५ सय गरी २७ हजार ५ सय रुपैयाँ हस्तारन्तरण गरे ।

धनकुटामा झण्डै ३ सय सहकारी संस्थाहरु छन् । ती सहकारी संस्थाहरुमध्ये जनउत्थान बहुउदेश्यीय सहकारी संस्थाले जिल्लामा पहिलो पटक ऋणीलाई विमा सेवा उपलब्ध गराइएको संस्थाका अध्यक्ष दिनेश राईले बताए । अन्य सहकारीहरुले भने अहिलेसम्म ऋणीलाई विमा सेवा उपलब्ध गराएका छैनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...