अछाममा चट्याङ लागेर सात घाइते, असिनाले बाली नष्ट

Chattyang

अछाम । शुक्रबार असिना पानीसँगै परको चट्याङले अछाममा धनजनको क्षती गरेको छ । मंगलसेन नगरपालिकामा चट्याङ लागेर सात जना घाइते भएका छन् ।

असिनापानीसँगै गरेको चट्याङ लागेर नगरपालिका–५ का घाइतेमध्ये मनिषा भाटलाई बढी चोट लागेकाले केही घण्टा बेहोश भएपछि अहिले होशमा आएको प्रहरीले जनाएको छ । छ जना सामान्य घाइते उपचारपछि घर फर्किएका छन् ।

यस्तै चौरपार्टी गाउँपालिका–१ सिउडीको छरी खोलामा आएको बाढीले छ बाख्रा मरेको तथा १०० भन्दा बढी बाख्राको उद्धार गरिएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए । किसानले व्यवसायिक रुपमा बाख्रापालन गरेका छन् ।

यसैबीच असिनापानीले पाकिसकेको गहुँ र तरकारी खेतीमा ठूलो क्षति पुर्याएको रामारोशन गाउँपालिकाका कृषक गीता साउदले जानकारी दिईन् । आधा केजीसम्मको असिना परेपछि तरकारी र गहँुखेती सखाप पारेको मेल्लेख गाउँपालिकाका कृषक मनिराज भट्टराईले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...