तौथलीकी सन्ध्याको जीवन कथा पर्दामा

Tauthali katha

काठमाडौं । २०७२ बैशाख १२ मा गएको विनाशकारी भूकम्पले एक बालिकाको जीवनमा ल्याएको उतारचढावलाई प्रमुख विषय बनाएर निर्माण गरिएको फिल्म ‘द डार्कनेस बेकन’को ट्रेलर र गीत सार्वजनिक भएको छ ।

फिल्म फेस्टिभललाई लक्षित गरिएको फिल्ममा निर्देशक केसीकै कथा, पटकथा, संवाद छ । फिल्ममा मरक्युरी श्रेष्ठ, प्रल्हाद खरेल, पवन केसी, अस्मिता बस्नेत, शान्ति बस्नेत, सुजता श्रेष्ठ, बैदार लामा लगायतको अभिनय छ ।

राजेश रिजाल कार्यकारी निर्माता रहेको फिल्ममा अशोककुमार बस्नेतको छायांकन, राजेशकै गीत र संगीत र सन्देश परियारको सम्पादन छ ।

विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोकको एउटा विकट गाउँ तौथलीमा भुकम्पपीडित सन्ध्याको जीवनमा आएको उतारचढावलाई कथात्मक रुपमा प्रस्तुत गरिएको छ । निर्देशक पवन केसीले भने, ‘भूकम्पमा आमाबाबु गुमाएपछि काकाकाकीको पालनपोषणमा रहेकी सन्ध्या प्रलोभनमा परेर काकाबाट कसरी बेचिन्छिन् भन्ने दर्दनाक कथालाई फिल्मले देखाउनेछ ।’

फिल्मका कार्यकारी निर्माता राजेश रिजालले भूकम्प पछिको क्रन्दनलाई फिल्ममा देखाउन खोजिएको बताए । ‘भूकम्पकै कथाको फिल्म भएर हामीले भूकम्प गएकै दिनको सम्झनामा वैशाख १२ मै कार्यक्रम राखेका हौं’ निर्माता रिजालले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...