शेयर बजार दोहोरो अंकले घट्यो

Seare

काठमाडौँ । शेयर बजारमा आज नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ

।नेपाल स्टक एक्सचेन्जका अनुसार १५.९९ बिन्दुले ओरालो लागेर नेप्से परिसूचक एक हजार ३९४ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४२ बिन्दुले ओरालो लागेर २९४.६२ बिन्दुमा पुगेको छ ।

आज कूल १७० कम्पनीको १७ लाख १९ हजार ८ सय कित्ता शेयर ७३ करोड ९२ लाख २२ हजार ५९ मूल्यमा खरिद बिक्री भएको स्टकले जनाएको छ । आज व्यापार उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर ओरालो लागेको छ ।

व्यापार समूह २.८७ बिन्दुले बढ्दा बैंकिङ १५.८५, होटल ११.८३, विकास बैंक २७.७९, जलविद्युत् १३.१, फाइनान्स ९.९२, बीमा ७६, उत्पादन ९.९१, अन्य ६.८३, माइक्रोफाइनान्स १०.५१ बिन्दुले ओरालो लागेको छ ।






प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...