सुनको मुल्य घट्यो
काठमाडौँ । मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ५९ हजारमा कारोबार भएको सुन घटेर प्रतितोला ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ।
यो फाइन सुनको मूल्य हो। स्टान्डर्ड सुनको मूल्य प्रतितोला ५८ हजार ५ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै अघिल्लो दिन ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी प्रतितोला १५ रुपैयाँले घटेर ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ।
प्रतिकृया दिनुहोस