दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार

Seare

काठमाडौँ । शेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ ।

आइतबार ५० अंकले बढेको बजार सोमबार भने २७.६४ बिन्दुले ओरालो लागेर नेप्से परिसूचक एक हजार ४१० बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचकसमेत ६.०७ बिन्दुले ओरालो लागेर २९८.०४ बिन्दुमा झरेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार आज कूल १७० कम्पनीको ३१ लाख १४ हजार ६१८ कित्ता शेयर १ अर्ब ५१ करोड ९९ लाख ४२ हजार ८१५ मूल्यमा कारोवार भएको हो । स्टकका अनुसार सबै परिसूचक ओरालो लाग्दा बजार प्रभावित भएको हो ।

आज बैंकिङ २५.१६, व्यापार ५.९९, होटल ७८.७८, विकास बैंक ३१.५४, जलविद्युत् ५४.७३, फाइनान्स ९.५९, बीमा ८८.४४, उत्पादन २९.०८, अन्य १६.७७ र माइक्रोफाइनान्स समूह ३०.७८ बिन्दुले ओरालो लागेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...