६ अर्ब २९ करोड राजश्व संकलन

Money nepali

पोखरा । आन्तरिक राजश्व कार्यालय पोखराले चालु आवको चैत मसान्तसम्म ६ अर्ब २९ करोड राजश्व संकलन गरेको छ ।

साउनदेखि चैत मसान्तसम्म राजश्व संकलनको लक्ष्य ६ अर्ब ५ करोड रहेकामा प्रगति बढेर १०४ प्रतिशत पुगेको कार्यालयका कर अधिकृत विजय लामिछानेले जानकारी दिए ।

पोखरा कार्यालयबाट स्थायी लेखा नम्बर लिएका एक लाख २३ हजार ६६७ करदातामध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने ७५ हजार ४४७ जना छन् भने व्यक्तिगत स्थायी लेखा नम्बर लिने ४८ हजार २२० जना रहेका छन् ।

त्यस्तै कार्यालयबाट मूल्य अभिवृद्धि कर भ्याटमा दर्ता भएकाको संख्या ११ हजार २७४ तथा अन्तःशुल्क कर इजाजत लिएकाको संख्या छ हजार ९६२ जना रहेको छ । चालु आवमा मूल्य अभिवृद्धि कर उत्साहजनक रुपमा वृद्धि भएको लामिछानेको भनाइ छ । गत आवको साउनदेखि चैतसम्मको अवधिमा लक्ष्यको ९४ प्रतिशत राजस्व संकलन भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...