अब मुलुकको गन्तव्य भनेको समाजवाद हो : नेता खनाल

झापा । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले एमाले–माओवादीबीच पार्टी एकतापछि मुलुक सामाजिक समृद्धिको बाटोमा अघि बढ्ने बताएका छन् ।
रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले झापाको बिर्तामोडमा आज आयोजना गरेको ‘पाँचौँ राष्ट्रिय पुरस्कार वितरण’ समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले भने, “पार्टी एकतापछि मुलुक सामाजिक समृद्धिको बाटोमा अघि बढ्छ । अब मुलुकको गन्तव्य भनेको समाजवाद हो ।”
नेता खनालले मुलुकमा शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण हुने र सो पार्टीले मुलुकको भाग्य र भविष्य निर्माण गर्ने उल्लेख गरे । उनले अन्य मुलुकको विकासको ढाँचाभन्दा नेपाली माटो सुहाउँदो विकासको ढाँचा ल्याउनुपर्नेमा जोड दिए । नेता खनालले वैशाख ९ गते पार्टी एकता हुन नसके पनि केही दिनभित्रै एकता हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रतिष्ठानले विभिन्न चार विधाका प्रतिभालाई सम्मान गरिएको छ । कृषि क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएबापत बैतडीका वरिष्ठ कृषि वैज्ञानिक मदनराज भट्टलाई रु एक लाख एक हजार १११ राशिको ‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’ प्रदान गरिएको छ । भट्ट गहुँबाली अनुसन्धान कार्यक्रमको मुख्य प्रजननकर्ता तथा संयोजक हुन ।
त्यस्तै त्यति नै राशिको गौरादेवी ओली स्मृति आदर्श आमा पुरस्कारबाट महिला सशक्तीकरण, उदार तथा पुनस्र्थापनामा उल्लेखनीय योगदान पु¥याउँदै आउनुभएकी नवलपरासीकी बालकुमारी जिसीलाई प्रदान गरिएको छ ।
यसैगरी अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कारबाट जनगायक तथा साहित्यकार मेघराज मञ्जिललाई प्रदान गरिएको छ । पुरस्कारको राशि पनि रु एक लाख एक हजार १११ रहेको छ ।
त्यस्तै देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कारबाट अपाङ्गताको क्षेत्रमा काम गर्दै आइरहेको भक्तपुरको संस्था सिविआर संस्थालाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु ५१ हजार १११ रुपैयाँ रहेको छ ।
प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीको अध्यतामा भएको कार्यक्रममा भाषाविद् चूडामणि रेग्मी, नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य यज्ञराज प्रसाईं, सांसद् धर्मशीला चापागाईं, पवित्रा निरौला खरेल, हरिचरण बानियाँलगायतले समाज र राष्ट्रको हितमा योगदान पु¥याउनेलाई यस प्रकारको सम्मानले हौसला प्रदान हुने विश्वास व्यक्त गरेका थिए ।
सम्बन्धित समाचार
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
संसदमा प्रधानमन्त्रीले भने, ‘शान्तिरानीको गीतले ढलेँ-ढलेँ, भन्ने गीत पार्टी उत्सवमा सुहाउला, राजनीतिमा त्यति सुहाउँदैन’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्र्याउने जस्तो खुद्रे कुराहरु यो सरकारको मेनु...
कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन
धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...
प्रतिकृया दिनुहोस