यातायातमा सिन्डिकेट लाद्न अनिश्चितकालीन यातायात बन्द

'ट्रक र ट्यांकर पनि नचल्ने'

Chkkajam

काठमाडौं । सिन्डिकेट हटाउन सरकारले चालेको कदमविरुद्ध यातायात व्यवसायीले वैशाख २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने निर्णय गरेका छन् ।

सरकारले संशोधन गरेको सार्वजनिक यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको माग गर्दै व्यवसायीले आन्दोलनको निर्णय गरेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सांकेतिक रुपमा वैशाख २० गते सबै यातायातका साधन बन्द गर्ने निर्णय गरेको छ । त्यसपछि २६ गतेसम्म भद्रगोल रुपमा सार्वजनिक यातायात सञ्चालन गर्ने रणनीति पनि तय भएको छ ।

‘हामीले सवारी छुटाउने तालिका बनाउँदा सिन्डिकेट लादेको भनियो, त्यसैले २० गतेपछि कुनै गाडी समय तोकेर छुट्ने छैनन्’ महासंघका एक सदस्यले भने, ‘२६ गतेदेखि बन्द भनिए पनि २० गतेबाट नै सार्वजनिक यातायात सेवा प्रभावित हुनेछ ।’

आन्दोलनमा ट्रक व्यवसायीदेखि ट्रिपर र ट्यांकर व्यवसायीले पनि साथ दिएका छन् । यो आन्दोलनले यात्रु सेवा मात्रै नभएर माल सामान ढुवानी सेवा पनि अवरुद्ध हुने उनले बताए । ‘६ गते हामी प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउँछौं । त्यसपछि हाम्रा गाडीमा विरोधस्वरुप कालो झण्डा राखिनेछ,’ उनले भने, ‘१९ गते देशभरका यातायात कार्यालय घेराउ गर्छौं ।’

यति गर्दा पनि सरकारले आफ्नो मागको सुनुवाइ नगर सार्वजनिक यातायातका साधन ग्यारेजमै थन्काइने महासंघ स्रोतले बताएको छ । आफ्ना आन्दोलनका कार्यक्रबारे जानकारी दिन वैशाख ५ गते पत्रकार सम्मेलन गरिने महासंघले जनाएको छ ।

आन्दोलनका लागि महासंघले समति गठन गरेर तयारी थालिसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...