जयशम्भुसँग बर्षाको जन्मदिन किन खुवाईन पहिलो केक अनुपलाई
![Barsa r](/uploads/barsa r.jpg)
काठमाडौं । नायिका बर्षा सिवाकोटीले शनिबार आफ्नो जन्मदिन मनाएकी छिन् । महिना दिनदेखी फिल्म ‘जय शम्भु’को छायांकन सेटमा ब्यस्त बर्षाले शनिबार पनि काभ्रेस्थलीको सुटिङ सेटमै सम्पुर्ण टीमसँग मनाएकी हुन् ।
अंग्रेजी र नेपाली मिति अनुसार दुबै दिन उनले जन्मदिन मनाएकी हुन् । शुक्रबार पनि परिवारसँग जन्मदिन मनाएकी थिइन् ।फिल्म ‘जय शम्भु’को सेटमा केक काटेकी बर्षाले शुरुमानायक अनुप बिक्रम शाहीलाई केक खुवाइन् ।
बर्षाको दुब छेऊमा फिल्मका खलनायक प्रशान्त ताम्राकार र अनुप थिए तर उनले शुरुमा आफ्नो हातबाट अनुपलाई केक खुवाइन् । बर्षाले अनुपलाई नै पहिलो केक किनभनेर प्रश्नगर्न नपाउँदै छेऊमाजो छ उसलाई पहिलो केक है भनेकी थिइन् । तर छेऊमा प्रशान्त पनि थिए ।
त्यससँगै अनुपपछि लगत्तै प्रशान्तलाई केक खुवाएकी थिइन् । साथै लगातार निर्देशक, निर्माता हुँदै सुटिङ युनिटका अन्य सबैलाई केक खुवाइन् । बर्षाको हातबाट केक खाँदै प्रशान्त र अनुपले सुस्वास्थ्य दिर्घायुको कामना भन्दै बर्षालाई शुभकामना दिएका थिए ।
काभ्रेस्थलीको टाउनप्लानिङमा चारदिन देखीलगातार फिल्मको ‘क्लाइमेक्स’सिनको सुटिङ भइरहेको छ । फिल्मका निर्देशक रुपेश तामाङका अनुसार फिल्मको अब दुई सातामा छायांकनको सम्पुर्ण काम सकिनेछ । प्रस्तुतकर्ता दिनेश शाहीका अनुसार फिल्ममा सोचेभन्दा बढी लगानी लागेको बताए ।
उनका अनुसार फिल्ममा डेढ करोडको लगानी पुग्ने बताए । यस अघि श्रावण १ गते रिलिज हुने भनिएको यस फिल्म श्रावण १ बाट अघि सरि असार २९ मा रिलिजहुने निर्माण पक्षले जानकारी गराएका छन् ।
फिल्ममा अरविन्द्र शाक्यको लगानी छ । दिनेश शाही प्रस्तुतकर्ता रहेको फिल्मको कार्यकारी निर्माता राजकुमार नगरकोटी र चक्र पाख्रिन हुन् । फिल्मलाई हरि घले लामाले खिचिरहेका छन् ।
प्रतिकृया दिनुहोस