बुटवल र बर्दघाटमा अन्तर्राष्ट्रिय सांगीतिक कार्यक्रम हुने

Butwal

काठमाडौँ । इन्भिन्सिवल इभेन्ट एण्ड म्यानेजमेन्ट प्रालिले यही वैशाख १ गते बर्दघाट १ माकर मोतीबस्ती नवलपरासीमा ‘नयाँ वर्ष विशेष सांगीतिक कार्यक्रम २०७५’ कार्यक्रमको आयोजना गर्ने भएको छ ।

कार्यक्रममा थाइल्याण्डकी डिजे सि क्वइन, चितवनको द रेड्स ब्याण्ड, टि सेभेन डान्स ग्रुप, सुनवल, काठमाडौँबाट डब स्टर माइकल डान्सर, बुटवलका डिजे अतितको प्रस्तुति रहने म्यानेजमेन्ट प्रालिका प्रमुख सागर थापाले जानकारी दिए । कार्यक्रममा स्थानीय प्रस्तुतिसमेत रहने छन् ।

बर्दघाटको माकर १ मोतीबस्तीमा हुने कार्यक्रम बेलुका ४ बजेदेखि राति १२ बजेसम्म हुनेछ । प्रवेश शुल्क २५० राखिएको छ । कार्यक्रमको सह–आयोजक परिवर्तनका लागि युवा नामक संस्था रहेकोछ ।

त्यसैगरी, बिट्स इभेन्ट एण्ड मिडिया प्रालिले रुपन्देहीको बुटवलमा नयाँ वर्ष २०७५ को अवसरमा विदेशी र नेपाली संस्कृति आदानप्रदान गर्ने उद्देश्यले यही चैत ३० गते बुटवल ‘न्यू इअर इभ बास २०७५ कार्यक्रमको आयोजना गर्ने भएको छ ।

रुपन्देहीको कालिका नगरस्थित द कन्सेप्ट क्लबमा हुने सो कार्यक्रममा थाइल्याण्डकी डिजे सि क्वइन, नेपालका कलाकार डिजे अतित, साउण्ड ओयब र स्थानीय कलाकारको प्रस्तुति रहनेछ ।

कार्यक्रम बेलुका ४ बजेदेखि राति १२ बजेसम्म हुने कार्यक्रमको सह–आयोजक परिवर्तनका लागि युवा नामक संस्थाका अध्यक्ष जागृत पहाडीले जानकारी दिए । प्रवेश शुल्क ५ सय राखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...