एमाले - माओवादी केन्द्रबीच पार्टी एकता वैशाख ९ गते

Uml mao

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता वैशाख ९ गते हुने भएको छ । आज (बिहीबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकताको मिति तय गरेको हो । 

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार पार्टी एकता वैशाख ९ गते हुनेछ भने मिल्न बाँकी केही विषयहरु प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको भारत भ्रमणपछि थप छलफल गरेर मिलाइनेछ । जनयुद्ध, चुनाव चिन्ह र अनुपातको कुरामा दुई पार्टीबीच सहमति जुट्न सकेको छैन ।

एकताअघि यी विषयमा दुई पार्टीबीच आन्तरिक छलफल जारी राख्ने सहमति पनि भएको छ । एकता संयोजन समितिमा दुवै पार्टीका शीर्ष नेताहरु छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...