फेशनमा आफ्नो वर्चश्व जमाउँदै नितेन्द्र

Nitesh karna

काठमाडौं । उपत्याकाभित्र पनि फेशन सो होला भन्ने लाग्दैन । त्यसमा पनि मधेशी समुदायलाई समेट्ने गरी फेशन सो गर्न त्यति सजिलो छैन । तर, एक जना यस्ता प्रतिभा छन्, जसले जनकपुर जस्तो ठाउँमा ‘जनकपुर फेशन विक’ गराए ।

लामो समयदेखि फेशनको क्षेत्रमा काम गर्दैै आएका कर्णले जनकपुर जस्तो ठाउँमा नेपालमै पहिलो पटक रेट कार्पेट फेशन सो गराए । जुन फेशन सो काठमाडौंमा हुन सकिरहेको छैन ।

उनी विभिन्न फेशन सोहरुमा भाग लिँदै आएका छन् । उनले मिष्टर एण्ड मिस सेन्ट्रल, मिष्टर एण्ड मिस ग्लायमर आइकन जस्ता विग फेशन सोहरुमा सहभागिता जनाएका छन् ।

मधेशी समुदायभित्र अझैं पनि फेशन सो वा मोडलिङमा लागेर जिविकोपार्जन हुन सक्दैन भन्ने छ । तर पनि त्यसलाई चिर्दै कर्ण निरन्तर फेशन सोहरुमा भाग लिँदै आएका छन् । ‘पहिले त फेशन सो भनेको अल्मलिने बाटो हो भनिन्थ्यो’ उनले भने, ‘अहिले विस्तारै यो हट्दै गएको छ ।’

उनी अहिले विश्वास्त भइसकेका छन् की अब फेशन सोलाई जिविकोपार्जनको माध्यम बनाउन सकिन्छ । त्यही भएर उनी निरन्तर मोडलिङमार्फत ¥याम्पमा उत्रिने गरेका छन् । ‘म कलाको विकास हुनुपर्छ भन्ने मान्यता राख्छु’ कर्णले निशान न्युजलाई भने, ‘तर, समाजले परिहनलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न सकेको छैन ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...