प्रदेश ४ को मुख्यमन्त्रीमा ओली गुटगका दुर्इ गुरुङ बिच भिडन्त
पोखरा । प्रदेश ४ को मुख्यमन्त्री अथवा एमाले संसदीय दलकाे नेता छान्न अन्त: निर्वाचन भएको छ । सहमतिमै चुन्ने एमालेको प्रयास असफल भएपछि अब निर्वाचनबाट संसदीय दलको नेता चयन हुने भएको हो ।
दलको नेतामा पार्टी सचिव पृथ्वीसुब्बा गुरुङ र प्रदेश संयोजक किरण गुरुङको दावी कायम रहेपछि अनीहरु बीच प्रतिस्पर्धा हुने भएको हो । संसदीय दलको निर्वाचनमा प्रदेश १ र ३ मा संस्थापन पक्ष र माधव नेपाल पक्षबीच गुटगत चुनाव भएको थियो भने प्रदेश ४ मा भने दुवैजना संस्थापन पक्षकै नेताबीच चुनाव हुने भएको हो ।
प्रदेश ४ को ६० सदस्यीय प्रदेशसभामा एमालेका २७ सांसद छन् । त्यसमध्ये एकजना बाहेक सबै संस्थापन पक्षका हुन् । दुवै नेताले आफू जित्ने दावी गरेका छन् ।
प्रतिकृया दिनुहोस